site stats
बाह्रखरी :: Baahrakhari
देश
समाजमा नकारात्मक असर पार्ने दृश्य प्रकाशन/प्रसारण नगरौँ : प्रहरी

काठमाडौं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रसारण नगर्न आमसञ्चारमाध्यामलाई आग्रह गरेको छ ।

प्रहरीको अपराध अनुसन्धान विभागले आइतबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गरी समाजमा नकारात्मक असर पार्ने बीभत्स दृश्य ‘भ्युज’ बढाउने नाममा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण नगर्न पनि सचेत गराएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले न्यूनतम मानवीय संवेदनशीलतालाई ख्याल राखेर बीभत्स दृश्यलगायत समाजमा नकारात्मक असर पार्ने सामग्री जथाभावी प्रकाशन तथा प्रसारण नगर्न सचेत गराए । उनले पक्राउ पर्नेबित्तिकै अपराधी भनेर करार गर्ने काम नगर्न पनि सञ्चारमाध्यमको ध्यानाकर्षण गराए ।

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक भावनाको विकास गराउने सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडा निगरानीमा राखी कारबाही गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताए ।

समाजमा नकारात्मक असर पु¥याउने खालका समाचार प्रकाशन/प्रसारण गर्न उपयुक्त नहुने उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्