site stats
बाह्रखरी :: Baahrakhari
कला
जब शैलेन्द्रले १७ वटा सिनेमामा नदेखेको ‘नर्भसनेस’ दयाहाङमा देखे

काठमाडौं । डेढ दर्जन सिनेमामा सँगै काम गरेका सिनेमेटोग्राफर शैलेन्द्र  कार्कीलाई दयाहाङलाई ‘मनसरा’को ट्रेलरमा देखेर छक्क परिरहेका थिए । किन दयाहाङ हडबडिरहेका छन् ? उनले त्यो बेला सोधेनन् ? तर अहिले पनि जान्ने कौतुहल मेटिएको रहेनछ । त्यसैले सोमबार पत्रकारले झैँ दयाहाङलाई सोधे– दाइ तपाईंका सिनेमा कम्तीमा १७÷१८ वटा खिचेँ होला तर मनसराको सेटको क्लाइमेक्समा जस्तो नर्भस मैले तपाईंलाई कहिल्यै देखेको थिइनँ, किन ?

दयाहाङ त्यो बेला निकै दबाबमा काम गरेको सम्झिन्छन् । “हामीसँग समय थिएन । चारवटा क्यामेरा लागेको थियो । क्राउड थियो । त्यसबीच काम गर्नुथियो । कसैका कारण नसकिने भयो भने मेरै कारण नसकिने अवस्था थियो,” दयाहाङ भन्छन्, “मैले त्यो बेला सबै टिमको व्यवस्थापन देखेँ । नसकिने हो भने मेरै कारण सकिँदैन भन्ने मनोविज्ञानले काम गरिरहको थियो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एक दिन ब्रेक लिएर कसरी काम गर्ने भनेर सबै एंगल लिएर काम भइसकेको र त्यही अनुसार निर्माण पक्षले तयारी गरेको दयाहाङले देखेका थिए । क्राउड कसरी छल्ने, क्राउड कन्ट्रोलका लागि पाँचजना सेक्युरिटी ल्याइसकेको अवस्थामा नसकिने कारण कोही बन्छ भने त्यो म मात्रै हुनेछु भन्ने दयाहाङलाई लाग्यो । 

“त्यो प्रेसर फिल हुँदै गएपछि यो क्यारेक्टर पनि यस्तैयस्तै तरिकाले बाँचिरहेको छ नि भन्ने पनि हुँदैगयो । यसले गर्दा डाइलग नै चिप्लिरहेको थियो । रिदम नै बिग्रिरहेको थियो,” दयाहाङ भन्छन्, “उपेन्द्र सुब्बा दाइ रिदम त चिप्लिसक्यो त भनिरहनु भएको थियो । भनेको समयमा सकिँदै छ भनेर म फुरुङ हुँदा रिदम नै हराउँदोरहेछ । एउटा प्रेसरले धेरैतिर असर गर्दोरहेछ ।” 

सँगै रहेका अभिनेता प्रविण खतिवडा कोअपरेटिभ भएर काम गर्दा क्रु मेम्बरले गरेको हतारो कलाकारमा पनि सर्ने गरेको बताउँछन् । “क्रु हतारिहँदा त्यसको ट्रान्सफमेसन हामीमा पनि सरिहाल्दोरहेछ,” प्रविण भन्छन्, “मैले पनि यस्तै हतार गर्दा एउटा सिन रि–सुट नै गर्नुपरेको थियो । 

दयाहाङ थिएटरबाट आएका कलाकारमा यो समस्या हुने गरेको बताउँछन् । थिएटरमा सबै सेक्टरमा सबैजना मिलेर काम गरेको बानी सिनेमामा पनि थाहै नभई सर्ने गरेको उनको भनाइ छ । “किचनमा समस्या भए त्यो पनि काम गरेको बानी रहेकाले निर्माणपक्षले आज काम सक्ने योजना बनाएको छ भनेपछि हामीमा पनि त्यो दबाबले काम गर्दोरहेछ,” दयाहाङ भन्छन्, “म एक्टरमात्रै हुँ भनेर सोच्न नसक्दा ममा मनसराको क्लाइमेक्समा नर्भसनेस देखिएको थियो ।” 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्