site stats
बाह्रखरी :: Baahrakhari
खेल
जोन्सन चार्ल्सको शतकप्रेरित वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य 

काठमाडौं । जोन्सन चार्ल्सको शतकप्रेरित वेस्ट इन्डिज ‘ए’ ले नेपालसँगको तेस्रो ट्वान्टी–२० खेलमा २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२७ रनको योगफल खडा गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२७ रनको योगफल खडा गरेको हो ।

वेस्ज्त इन्डिजबाट ओपनिङमा आएका चार्ल्सले अविजित ११९ रन बनाए । उनले ६१ बलमा १३ चौका र सात छक्का प्रहार गरे । २७–१ को अवस्थाबाट चार्ल्सले दोस्रो विकेटका लागि आन्द्रे फ्लेचरसँग १५२ रनको साझेदारी गर्दै वेस्ट इन्डिजको इनिङ्स सम्हालेका थिए ।

फ्लेचरले ३३ बलमा चार चौका र तीन छक्कासहित ५३ रन बनाए । फाबियन एलनले १९ र एलिक एथानाजेले १७ रन बनाए । किमो पाउल १३ रनमा अविजित रहे ।

नेपालका करण केसी र सागर ढकालले समान एक विकेट लिए ।

आजको खेलमा मुख्य प्रशिक्षक मोन्टी देसाईले नियमित कप्तान रोहितकुमार पौडेललाई राखेका छैनन् । दीपेन्द्रसिंह ऐरीले नेपाली टिमको कप्तानी सम्हाल्दा यसअघि मौका पाएका लोकेश बम र अनिल साह पनि प्लेइङ्ग–११ मा छन् । नेपाली टिमका आज विकेटकिपर ब्याटर विनोद भण्डारीले पनि मौका पाएका छन् । 

पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ ले यसअघिको दोस्रो खेलमा घरेलु टिमलाई १० रनले हराएको थियो । पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्