site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भाजपाले दियो कुन–कुन देशका पार्टीलाई चुनावी निम्तो ? नेपालबाट पाँच दललाई बोलाइयो

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा)ले विश्वका विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिलाई आफ्नो चुनावी अभियान हेर्नका निम्ति निम्तो पठाएको छ ।

निम्तो पाएका पार्टीका प्रतिनिधिहरूले भारतमा भाजपाका अध्यक्ष जेपी नड्डालाई भेटेर छलफल गर्ने जनाइएको छ । उनीहरूले भारतका विदेशमन्त्री डा. एस जयशंकर र केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवसँग पनि छलफल गर्ने जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनीहरुलाई चुनावी प्रक्रिया र भाजपाको अभियानकाबारेमा जानकारी गराइनेछ । भारतमा अहिले लोकसभाको निर्वाचन चलिरहेको छ । विभिन्न सात चरणमा हुने निर्वाचनअन्तर्गत अहिलेसम्म दुई चरण सम्पन्न भइसकेको छ ।

भाजपाको निम्तो पाउने राजनीतिक पार्टी :

नेपालबाट नेपाली कांग्रेस, जनमत पार्टी, नेकपा (एमाले), नेकपा(माओवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि निम्तो पठाइएको भाजपाले जनाएको छ ।

लिबरल पार्टी (अष्ट्रेलिया), कम्युनिस्ट पार्टी अफ भियतनाम(भियतनाम), अवामी लिग (बंगलादेश), लिक्वुड पार्टी(इजरायल), नेसनल रेसिस्टेन्स मुभमेन्ट (युगाण्डा), चामा चा मापिन्दुजी (तान्जानिया), युनाइटेड रसिया पार्टी (रसिया), श्रीलंका पादुजाना पेरामुना(श्रीलंका), युनाइटेड नेसनल (श्रीलंका) रहेका छन् ।

त्यसैगरी, मरिससबाट मिलिट्यान्ट सोसलिस्ट मुभमेन्ट, मरिसस लेबर पार्टी, मोरिसियन मिलिट्यान्ट मुभमेन्ट र पार्टी मोरिसियन सोसल डेमोक्र्याट रहेका छन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्