site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसद्वारा राष्ट्रियसभा बैठक पनि अवरुद्ध
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । शुक्रबार राष्ट्रियसभाको दोस्रो बैठकमा नेपाली कांग्रेसका सांसदहरूले बैठक अवरुद्ध गरेका छन् । 

सभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अध्यक्ष नारायणप्रसाद दाहालले अनुमति दिन लागेसँगै कांग्रेसका सांसदहरू उठेर विरोध जनाएका थिए । 

संसदमा प्रतिपक्षले उठाएका मुद्दा सरकारले नसुनेको भन्दै कांग्रेसले विरोध जनाएको हो । आमनागरिकले सहकारीमा जम्मा गरेको रकम हिनामिना, अपचलन र दुरूपयोग भएको तथ्य नेपालीको चासो, चिन्ताको विषय भएकाले उपप्रधान तथा गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग कांग्रेस राखेको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्