site stats
बाह्रखरी :: Baahrakhari
देश
खुकुरी प्रहार गरेकाे आराेपमा १० जना पक्राउ
प्रतिकात्मक तस्बिर

काठमाडौं ।  कीर्तिपुर नगरपालिका–१०, नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका १० जनालाई प्रहरीले पक्राउ गरी  शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा आछाम बिरपद गाउँपालिका–१, का २७ वर्षीय मोहन खड्का, आछाम कमलबजार–१, का २१ वर्षीय धुर्वबहादुर विष्ट, बझाङ दुर्गाथलि गाउँपालिका–७,  का २० वर्षीय उपेन्द्र  सिंह, बझाङ खप्तड छान्ना–५, का २१ वर्षीय सुदिप गिरी, अछाम रामारोसन–७, का २३ वर्षी नविन भन्ने नृप भण्डारी, बैतडी पुरचौडी–१, का २७ वर्षीय जयन्त धानुक, कैलाली गैरीगंगा-५, का २० वर्षीय तेज थापा, सोही ठाउँका २२ वर्षीय तपेन्द्र खाती तथा बझाङ थलगाका २१ वर्षीय सुनिल रोकाया रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यही जेठ २ गते राति कीर्तिपुर नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्कासँगको पुरानो रिसिइबी साँध्ने क्रममा दुई समूहबीच झडप हुँदा कीर्तिपुरका श्रेष्ठमाथि खुकुरी प्रहार भएको थियो,” प्रवक्ता अधिकारीले भने ।

पक्राउ परेकामाथि काठमाडौँ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसुरमा पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए । रासस 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्