site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महिला, बालबालिकामन्त्री चौधरीको सम्पत्ति : ८५ तोला सुन, २५ किलो चाँदी 

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरीको सम्पत्तिमा पाँच तोला सुन र २५ किलो चाँदी देखिएको छ । 

मंगलबार प्रकाशित मन्त्री चौधरीले पेस गरेको सम्पत्ति विवरणमा काठमाडौंमा १२ आना, एक पैसा र तीन दाममा बनेको घर रहेको उल्लेख छ । यस्तै, सुनसरीको दुहवीमा एक कठ्ठा एक धुर जग्गामा बनेको घर रहेको उल्लेख छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चौधरीले पेस गरेको सम्पत्ति विवरणमा कस्तो र कति तले घर रहेको भन्ने उल्लेख छैन । सुनसरीमा घर रहेका क्षेत्रबाहेक करिब तीन विगाह १० कठ्ठा जग्गा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । चौधरीको कुल जग्गामध्ये १५ कठ्ठा जग्गा दाङको सोनापुरमा रहेको उल्लेख छ । 

करिब एक लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको उनको सम्पत्ति विवरणमा फर्वाड लघुवित्त वित्तीय संस्थामा दुई लाख ४२ हजार १०५ कित्ता संस्थापक सेयर रहेको तथा अन्यमा एक लाख ५० हजार कित्ता सेयर रहेको उल्लेख छ । अधिकांश सम्पत्तिको स्रोत उनले स्वःआर्जन भनेकी छन् । उनले ६० लाख, ५० लाख र एक करोड ऋण लिएकोमा एक करोड ऋण तिर्न बाँकी रहेको पनि सम्पत्ति विवरणमा खुलाएकी छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्