site stats
बाह्रखरी :: Baahrakhari
देश
अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाडौं । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ । 

नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए । शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७१औँ वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण संघ (एनएमए)को मुख्य आयोजनामा प्रभातफेरी गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रभातफेरीमा ट्रेकिङ एजेन्सिज् एसाेसिएसन अफ नेपाल (टान), नेपाल एसाेसिएसन टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ठमेल पर्यटन विकास परिषद्लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थाका अध्यक्ष एवं सदस्यहरूको सहभागिता रहेको थियो । सगरमाथामा मानव पाइला पुगेसँगै नेपालमा पर्वतीय पर्यटनको सुखद् सुरुआत भएको थियो ।

अर्थमन्त्री वर्षमान पुनद्वारा मंगलबार संघीय संसद्का दुवै सदनको बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रूपमा मनाइने र हिमाली पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने स्वदेशी तथा विदेशी व्यक्ति, संघसंस्थालाई सम्मान गरिने उल्लेख छ । रासस

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ०९:२८
प्रतिक्रिया दिनुहोस्