site stats
बाह्रखरी :: Baahrakhari
खेल
बायर्नका प्रशिक्षक कोम्पनी भन्छन्– आफ्नो घरजस्तै अनुभव भएको छ

काठमाडौं । बायर्न म्युनिखका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पनीले जर्मन क्लबमा ‘आफ्नो घरजस्तै अनुभव भएको’ बताएका छन् ।

बायर्नले ३८ वर्षीय कोम्पनीलाई बुधबार तीन वर्षको सम्झौतासहित क्लबमा अनुबन्ध गरेको थियो । यसअघि कोम्पनी बर्न्लीको जिम्मेवारीमा थिए । तर, बर्न्ली २०२३–२४ को सिजन प्रिमियर लिगबाट रेलिगेसन भएपछि कोम्पनी जिम्मेवारीबाट मुक्त भएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मेरो मानसिकता यो हो कि मैले शीर्ष क्लबको लागि कहिल्यै काम गरेको छैन,” कोम्पनीले भने, “एक शीर्ष क्लब भनेको तपाईंको सिर्जनात्मक क्षमता बढाउने वातावरण हो । यसले शीर्ष स्तरमा काम गर्ने तरिकालाई परिभाषित गर्दछ । मलाई यो अहिले नै आफ्नो घर भएको अनुभव भएको छ ।”

यसअघि बायर्नको मुख्य प्रशिक्षकमा थोमस टचेल थिए ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्