site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुपारी प्रशोधनका लागि ४० लाख रुपैयाँ अनुदान
फाइल तस्बिर

झापा । झापामा सुपारी प्रशोधनका लागि ४० लाख रुपैयाँ अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि ४० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको हो ।

केन्द्रका निमित्त प्रमुख सागर विष्टले कोसी प्रदेश सरकारले ‘सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरण सहयोग’ कार्यक्रमअन्तर्गत किसानलाई पाँच लाखदेखि सात लाख ५० रुपैयाँसम्म उपलब्ध गराएको जानकारी दिए। 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लाभग्राहीको २५ प्रतिशत र सरकारको ७५ प्रतिशत लागत सहभागितामा सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि अनुदान रकम उपलब्ध गराइएको निमित्त प्रमुख विष्टले बताए ।  

मेसिनले प्रतिघण्टा ४०० केजी सुपारी प्रशोधन गर्न सक्नेछ । झापामा तीन हजार हेक्टरमा सुपारीखेती गरिएको छ भने वार्षिक १० हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्