site stats
बाह्रखरी :: Baahrakhari
कला
‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य भूमिकामा विजय बराल 
तस्बिर विजय बरालको फेसबुकबाट ।

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य भूमिकामा विजय बराल अनुबन्ध भएका छन् । मुख्य भूमिकामा विजय अनुबन्द भएसँगै सिनेमाको लाइनअप पूरा हुने क्रममा छ ।  निर्माणपक्षले विजयसँगै बुद्धि तामाङ, प्रकाश सपूत, मुकुन भुसाल, विनोद न्यौपाने, कलाकार भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्ध भइसकेका छन् । 

गन्धर्व परिवारको कथामा आधारित ‘सोसल ड्रामा’को नायिकामा अञ्जना बराइली छन् । बालकलाकारमा जान्भी पौडेल र स्वायम केसीको अभिनय रहनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यही साता छायांकनमा जाने तयारी रहेको चलचित्रलाई सरोज पौडेलले निर्देशन गर्दैछन् । चलचित्रका लेखक पनि उनी स्वयं हुन् । 

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने चलचित्रको रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्