site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले काठमाडौं जिल्ला अधिवेशन सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को काठमाडौं जिल्लाको सातौँ अधिवेशन सुरु भएको छ । पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका हुन् ।

अधिवेशन उद्घाटनसत्रमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, काठमाडौं इन्चार्ज आनन्द पोखरेल, वाग्मती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेललगायत नेताहरू सहभागी भए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले अधिवेशनमा ५८५ प्रतिनिधि रहेका र बन्दसत्र आइतबारदेखि बबरमहलमा हुने जानकारी दिए । बन्दसत्र सञ्चालन गर्न इन्चार्ज पोखरेलको अध्यक्षतामा ११ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ ।

अधिवेशनबाट पदाधिकारीसहित २२५ सदस्यीय जिल्ला कमिटी र सात सदस्यीय लेखा समिति निर्वाचित गरिनेछ । हालसम्म एमालेका ६३ जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । जेठभित्रमा जिल्ला अधिवेशन सम्पन्न गर्ने एमालेको लक्ष्य छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्