site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिटिजन्स बैंक र ग्रान्ड नोरलिङ होटेल रिसोर्टबीच समझदारी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको मूलपानीस्थित ग्रान्ड नोरलिङ होटेल रिसोर्टबीच एक समझदारी भएको छ । बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले ग्रान्ड नोरलिङ होटेल रिसोर्टका सेवामा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशैभरका आफ्ना १९० शाखा, १५३ एटीएम र ९८ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्