site stats
बाह्रखरी :: Baahrakhari
खेल
वर्षाका कारण रोकिएको भारत र इंग्ल्यान्डबीचको खेल पुनः सुरु

आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत वर्षाका कारण रोकिएको भारत र इंग्ल्यान्डबीचको खेल पुन: सुरु भएको छ ।

बिहीबार गुयनामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले आठ ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । खेल करिब डेढ घण्टापछि सुरु भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यअसघि टसअघि पनि नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुने तालिका रहेको खेल वर्षाका कारण मैदान ओसिलो हुँदा करिब एक घण्टा प्रभावित बनेको थियो । 

जारी खेलको नौ ओभर समाप्त हुँदा भारतले दुई विकेट गुमाएर ६९ रन बनाएको छ । भारतले ओपनर विराट कोहलीलाई नौ र ऋषव पन्तलाई चार रनमा गुमाएको थियो ।

प्रतियोगितामा भारत सुपर–८ बाट समूह–१ को विजेता र इंग्ल्यान्ड समूह–२ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन् । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ ।

यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २३:३०
प्रतिक्रिया दिनुहोस्