site stats
बाह्रखरी :: Baahrakhari
देश
मन्त्रिपरिषद्‌बाट निर्णय गरेर नवीकरण नगरिएका क्रसर उद्योग सञ्चालन गर्न दिने तयारी

काठमाडौं । सरकारले नवीकरण नभएका क्रसर उद्योगहरूलाई मन्त्रिपरिषद्‌बाट निर्णय गरेर वैधानिकरूपमा सञ्चालन गर्न दिने तयारी गरेको छ ।

आइतबार गृहमन्त्री रवि लामिछाने, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदार भण्डारीबीच नवीकरण नभएका क्रसर उद्योगलाई सञ्चालन गर्न दिने विषयमा छलफल भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

क्रसर उद्योग नवीकरणको कानुनी व्यवस्था नभएसम्मका लागि मन्त्रिपरिषद्‌बाट निर्णय गरेर सञ्चालन गर्न दिने विषयमा छलफल भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले जानकारी दिए । यसका लागि प्रस्ताव तयार पार्न एउटा समूह बनाइएको र प्रस्ताव तयार पारेसँगै मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्ने उनको भनाइ छ ।

"तत्काल कानुन नबनेसम्मका लागि मन्त्रिपरिषद्‌बाट पहिले कानुनसम्मत ढंगले घरेलुमा दर्ता भएका उद्योगलाई सञ्चालन गर्न दिनका लागि एउटा समूह बनाएका छौँ । उहाँहरूको समूहले प्रस्ताव तयार पार्नुहुन्छ, त्यो प्रस्ताव अनुसार मन्त्रिपरिषद्ले अनुमोदन गरेर कार्यान्वयन गर्ने कुरामा जान्छ," उनले भने ।

आगामी मन्त्रिपरिषद् बैठकमै प्रस्ताव लग्ने गरी तयारी गरिएको मन्त्री जोशीले बताए ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्