site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारी समस्या समाधान गर्न राजनीतिक दलसँग सुझाव लिने समितिकाे निर्णय 

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रको शुद्धीकरण र समस्या समाधानका लागि राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग सुझाव लिने निर्णय गरेको छ । 

मंगलबार सिंहदरबारमा बसेकाे समितिको बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि राजनीतिक दलहरूको सुझाव महत्त्वपूर्ण हुने बताएको छ । त्यसका लागि प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त दललाई सुझावका लागि पत्रचार गर्ने निर्णय गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समितिको कार्यादेशमा टेकेर सहकारी क्षेत्रको समस्या समाधानका लागि लिखित रूपमा उपलब्ध गराउनका लागि पत्राचार गर्ने निर्णय गरिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

त्यस्तै, बैठकमा राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारी र कर्मचारीसँग सहकारीसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको उनले बताए ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्