site stats
बाह्रखरी :: Baahrakhari
देश
कञ्चनपुरका अधिकांश नदीमा बाढीको 'अति उच्च जोखिम', सुरक्षित स्थानमा जान आग्रह
महाकाली नदी । फाइल तस्बिर ।

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरमा बाढीको 'अति उच्च जोखिम' रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आइतबार राति ११ बजे कञ्चनपुरका अधिकांश स्थानमा अति भारी वर्षा भएको र थप वर्षा हुन सक्ने विभागले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागले कञ्चनपुर भएर बहने अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भू–भागमा बाढीको 'अति उच्च जोखिम' रहेकाले सोमबार बिहानैसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले सुरक्षित स्थानमा जाननसमेत आग्रह गरेको छ ।

विभागको मौसम पूर्मानुमान महाशाखाले हाल सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागमा शक्तिशाली मौसमी प्रणाली विकसित भएको र उत्तरतर्फ फैलिने क्रममा रहेको जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा कञ्चनपुरको सुन्दरपुर, दोधारा र हनमान नगर वर्षा मापन केन्द्रमा धेरै भारीदेखि अति भारी वर्षा मापन भएको छ । थप वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  २३:४०
प्रतिक्रिया दिनुहोस्