site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लाका नदीमा बहाव बढ्ने, उच्च सावधानी अपनाउन आग्रह
नारायणी नदीमा बाढीको दृश्य । फाइल तस्बिर : रासस ।

काठमाडौं । वर्षासँगै देशका केही नदीमा आज पानीको बहाव बढ्ने सम्भावना छ । विशेष गरी पूर्वी क्षेत्रका नदी तथा खोलाको जलसतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन सिन्धुली, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुर, खोटाङ, उदयपुर, मकवानपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहट भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने अनुमान छ । केही साना नदीमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिम रहने महाशाखाको अनुमान छ । उक्त क्षेत्रमा उच्च सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, संखुवासभा, ओखलढुंगा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, बारा, पर्सा, काभ्रेपलाञ्चोक, ललितपुर, गोरखा, लमजुङ, कास्की, अर्घाखाँची, पर्वत, पाल्पा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालीकोट, अछाम, बाजुरा, बझाङ र दार्चुला भई बहने अधिकांश साना नदीको बहाव उल्लेख्य बढ्ने अनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्दो हुनेछ । पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती नदीको जलसतह पनि उल्लेख्य बढ्दो हुने महाशाखाको अनुमान छ ।

यस्तै, भोलि र पर्सि वाग्मती र यसका प्रमुख सहायक तथा बबई र पश्चिम राप्ती नदीहरूमा जलसतह उल्लेख्य बढ्दो हुने महाशाखाको अनुमान छ ।

b1-1720498927.JPG

b2-1720498927.JPG

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्