site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिटिजन्स बैंक गर्‍यो सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका साथ गत आर्थिक वर्षमा आफ्ना १३४ शाखा कार्यालयबाट वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरेको हो । 

बैंकको कोसी प्रदेशका २१, मधेसका ६, वाग्मतीका ४७, गण्डकीका १३, लुम्बिनीका ३०, कर्णालीका ९ तथा सुदूरपश्चिमका आठ शाखामार्पmत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैंकले विभिन्न उमेर समूहका व्यक्ति, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरूलाई वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्त्वको बारेमा विस्तृत प्रकाश पारिएको बताइएको छ । यससँंगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङ को विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ प्रणाली मजबुत हुने र उपस्थित सम्पूर्णमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।

साथै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पनि विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । आफ्ना शाखा कार्यालयमार्फत् बैंकले विभिन्न विद्यालय र संघ संस्थालाई सहयोग प्रदान गरेको हो । जसअन्तर्गत बैंकको चामे शाखाले चामे मनाङमा अवस्थित लोकप्रिय माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार बालबालिकालाई न्यानो स्वेटर उपलब्ध गराएको छ ।

त्यस्तै, बैंकको कोहलपुर शाखाले कौसिल्य अस्पताल कोहलपुर, बाँके सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सामान्य चिकित्सा र आँखाको जाँच तथा निःशुल्क औषधि वितरण गरिएको सो स्वास्थ्य शिविरबाट करिब १०० व्यक्ति लाभान्वित भएका छन् । साथै बैंकको धनगढी शाखाले कैलालीको गेटा आँखा अस्पताललाई पाँच थान तीन सिटर बेन्च उपलब्ध गराएको छ । बैंकका यी पहलहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ । 

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा एटीएम, तीन विस्तार काउन्टर र ९८ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्