site stats
बाह्रखरी :: Baahrakhari
खेल
साउथ एसियन करातेमा नेपाल टिम प्रथम

काठमाडौं । भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण २० रजत र ११ कास्य जित्दै कुल ६२ पदकसहित टिम प्रथम भएको छ ।

प्रतियोगितामा भारत दोस्रो बन्यो । भारतले २७ स्वर्ण २० रजत र १३ कास्य पदक जितेको हो । श्रीलंका पाँच स्वर्ण १८ रजत र ३१ कास्यसहित टिम तेस्रो, आयोजक भुटान पाँच रजत र ३७ कास्य पदकसहित चौथो भएको हो ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतियोगिताको अन्तिम दिन नेपाललाई पुरुष क्याडेटतर्फ –५२ किलोमा समन श्रेष्ठ, –६३ किलोमा साहिल राई, जुनियर तर्फ –६८ किलोमा निशान तामाङ, त्यसैगरी यू–२१ को –८४ किलोमा गौरव नेपाल, +८४ किलोमा आशिष श्रेष्ठ, पुरुषकै सिनियर तर्फ –५५ किलोमा एलोन श्रेष्ठ, –६७ किलोमा सन्तोष श्रेष्ठ, –८४ किलोमा मोहम्मद सेखु आलम र +८४ किलोमा विप्लब लाल श्रेष्ठले स्वर्ण दिलाए । क्याडेटको महिलातर्फ –४२ किलोमा वर्षा राई, –४७ किलोमा प्रोसिया चौधरी, –६१  किलोमा मनिषा कुमारी बोहरा, महिलातर्फकै जुनियर –४२ किलोमा सुस्मिता वाईवा, –५३ किलोमा समीक्षा ढुंगाना, यू–२१ को –४५ किलोमा प्रियन्का शाही, –५० किलोमा अन्जली महर्जन र –५५ किलोमा जिया कार्कीले स्वर्ण दिलाए ।

त्यसैगरी महिला सिनियरतर्फ –४५ किलोमा वर्षा बुढामगर,–६१ किलोमा निरुपा तामाङग र + ६८ किलोमा १९औँ एसियाडकी रजत पदक बिजेता एरिका गुरुङले नेपाललाई स्वर्ण पदक दिलाइन् ।

महिलातर्फकै टिम कुमितेमा नेपालले पहिलो स्थान हासिल गर्न सफल भए भने पुरुषतर्फको टिम कुमितेमा दोस्रो स्थानमा चित्त बुझाए ।

विजेता खेलाडी तथा टिमलाई समापन समारोहका प्रमुख अतिथि भुटानका राजकुमार जिगेल उग्येन वाङचुक, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, दक्षिण एसियाली कराते महासंघका अध्यक्ष भरत शर्मा, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, भुटान कराते महासंघका अध्यक्ष दावा ल्हाम, नेपाल कराते महासंघका महासचिव दावा गुरुङ्ग लगायतले पुरस्कार वितरण गरे ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  २२:४४
प्रतिक्रिया दिनुहोस्