site stats
बाह्रखरी :: Baahrakhari
देश
सुरक्षा निकायसँग सम्बन्धित कानुन संशोधन आवश्यक : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनमा संशोधन आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताएका छन् । 

सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको शुक्रबार निरीक्षण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृत्तिविकास गर्न मन्त्रालय सधैँ साथमा रहेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी बलको ठूलो योग्दान छ । प्राकृतिक प्रकोपका बेला पनि सशस्त्र प्रहरीको काम प्रशंसा गर्न लायक छ”, उनले भने । सुरक्षा निकायलाई स्रोतसाधन सम्पन्न बनाउन लागिपरेको उनको भनाइ छ । 

सशस्त्र प्रहरी बलको स्थापना अध्यादेशबाट भएको स्मरण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल स्थापनाबारे अध्ययन गर्न स्व. सुवासचन्द्र नेम्वाङको नेतृत्वमा बनेको समितिमा कांग्रेसका तर्फबाट सदस्यका रुपमा सहभागी भएर काम गरेको स्मरण गरे । 

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सरकारले सशस्त्र प्रहरी बलप्रति राखेको विश्वासलाई कायमै राखेर काम गर्ने बताए । सीमासुरक्षा बलसँगसम्बन्धी कानुनमा सुधारको आवश्यकता रहेको महानिरीक्षक अर्यालको भनाइ छ । रासस

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०९:२७
प्रतिक्रिया दिनुहोस्