site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गोली हानी युक्रेनी पूर्वसांसदको हत्या
इरिना फारियन । फाइल तस्बिर ।

किएभ । युक्रेनी भाषाको बचाउ गर्दै बारम्बार मुखर अभिव्यक्ति दिने एक पूर्वयुक्रेनी राष्ट्रवादी सांसदको गृहनगर एलभिभमा एक बन्दुकधारीले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

युक्रेनको अतिराष्ट्रवादी स्वोबोडा पार्टीकी सदस्य रहेकी ६० वर्षीया इरिना फारियनले केही समय संसद्को सदस्यका रूपमा काम गरेकी थिइन् । रुसी भाषा बोलेर अधिकारी र सैनिकलाई चिढ्याएका कारण उनी विवादमा तानिएकी थिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“गोली लागी सख्त घाइते हुनुभएकी फारियनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ,” एल्भिभका नगर प्रमुख एन्ड्री साडोभीले शुक्रबार अबेर टेलिग्राममा गरेको पोस्टमा उनको चोट र मृत्युबारे तादाम्यता नदेखिएको बताएका छन् ।

उनले भनेका छन्, “युक्रेनमा अब कुनै सुरक्षित ठाउँ छैन । यस्तो निर्लज्ज, दुस्साहसी हत्या हुनुलाई नागरिकको सुरक्षाप्रतिका चासोका रूपमा हेरिएको छ । हत्यारालाई पत्ता लगाई तत्काल कडा कारबाही गरिनुपर्छ ।”

युक्रेनको महान्यायाधिवक्ताको कार्यालयका अनुसार, स्थानीय समयानुसार शुक्रबार साँझ करिब ७ः३० बजे एक अज्ञात बन्दुकधारीले फारियनलाई गोली हानेको अनुमान गरिएको छ । टाउकोमा गोली लागेको अवस्थामा गम्भीर स्थितिमा उनलाई अस्पताल लगिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले फारियनको हत्या भएको खबर प्राप्त भएको र उपलब्ध सबै निगरानी क्यामेराको जाँच भइरहेको शनिबार बताएका छन् । उनले भने, “सबै अनुसन्धानात्मक कार्यहरू जारी छन् । अनुसन्धानका लागि रुसतर्फ जाने नाकामा पनि सुरक्षा जाँचलाई कडा पारिएको छ ।”

फरियन एक प्रशिक्षित भाषाविद् र युक्रेनी भाषाको सबैभन्दा मुखर रक्षकमध्ये एक थिइन् । उनले रुसी युक्रेनियन बोल्ने सैनिकहरूलाई ‘कोलाउन’ नसक्ने बताएपछि एल्भिभ विश्वविद्यालयमा प्रोफेसरका रूपमा आफ्नो जागिर गुमाएकी थिइन् । अदालतको फैसलापछि उनलाई पुनर्बहाली गरिएको थियो । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १९:२७
प्रतिक्रिया दिनुहोस्