site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसदले घुस दिएको घटनाको छानबिन गर्न प्रहरीलाई निर्देशन भइसक्यो : गृहमन्त्री लेखक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सांसदले छोराको शैक्षिक प्रमाणपत्र ‘इक्युभ्यालेन्ट’ बनाउन कर्मचारीलाई पाँच हजार घुस दिएको घटनामा छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको जानकारी गराएका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा घुस दिएको विषयलाई गम्भीरतापूर्वक लिइएको बताए । “एकजना माननीयले छोराको प्रमाणपत्रको सन्दर्भमा विचौलियालाई घुस दिएको कुरा उठाउनुभएको छ । मैले व्यक्तिगत रूपमा नै उहाँलाई केही कुरा सोधेर मान्छे चिनाउनका लागि सहयोग गरिदिन आग्रह गरेको छु,” उनले भने, “प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिइसकिएको छ । यो विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको छ ।” 

जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले साउन ६ गतेको प्रतिनिधिसभा बैठकमा आफूले विचौलियालाई घुस खुवाएको सुनाएका थिए । “मेरो छोरोको शैक्षिक प्रमाणपत्र इक्युभ्यालेन्ट गर्न गएको, बिहान ११ बजे दर्ता गरेको दिउँसो ४ बजेसम्म काम भएन । यही डकुमेन्टमा काम गरिरहेका छौँ, मेरो पनि गरिदेऊ भने, अधिकारी ‘चिया खाने समय भयो’ भन्दै चिया खान बाहिरिए,” उनले भनेका थिए, “मैले बिचौलियालाई पाँच हजार दिएँ, पाँच मिनेटमा काम सम्पन्न भयो ।”

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्