site stats
बाह्रखरी :: Baahrakhari
देश
अपडेट  : पोखरामा स्कुल बस दुर्घटना, एकजनाको निधन

पोखरा । विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पोखरामा एक जनाको निधन भएको छ । 

सोमबार बिहान पोखरा २१ बाट विद्यार्थी बोकेर पोखरा १७ मा रहेको एलपी देवकोटा विद्यालयतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पोखरामा २२ विद्यार्थी सवार स्कुल बस दुर्घटना

पोखरा २१ स्थित मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए । यद्यपी कास्की प्रहरीले यसअघि बसमा सवार २२ विद्यार्थीसहित २४ जना भएको बताएको थियो ।

उक्त दुर्घटनामा परि विद्यालयकै एक स्टाफको मृत्यु भएको छ । कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माका अनुसार ३३ वर्षीय आरती विकको ज्यान गएको हो । निधन भएकी विक पोखरा २१ कै हुन् ।

अन्य घाइतेको पोखराका तीन अस्पतालमा उपचार भइरहेको छ । डीएसपी शर्माका अनुसार पोखराको गण्डकी मेडिकल कलेज, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

विभिन्न अस्पतालमा उपचार भइरहेका कारण बसमा सवार कतिजना थिए भन्ने यकिन भइनसकेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्