site stats
बाह्रखरी :: Baahrakhari
कला
‘घरज्वाइँ’ नचलाउन हल सञ्चालकलाई ‘तमु धिं नेपाल’को चेतावनी

काठमाडौं । गुरुङ समुदायको संस्था ‘तमु धिं नेपाल’ले चलचित्र ‘घरज्वाइँ’ अनिश्चिकालका लागि नचलाउन आग्रह गरेको छ । कास्कीको पोखरास्थित मिड टाउन सुभिजलाई पत्र लेख्दै ‘तमु धिं नेपाल’ले अनिश्चित कालका लागि हल बन्द गरिदिन आग्रह गरेको हो । 

चलचित्र ‘घरज्वाइँ’ले गुरुङ समुदायको रोधी/रोदी संस्कृतिमाथि दृश्यांकन गरेको दृश्य रोधी÷रोदी विधि र विधान विपरीत भएको तमु गुरुङ समुदायको निष्कर्ष रहेको ‘तमु धिं नेपाल’ले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त दृश्य संशोधनका लागि चलचित्र निर्माणपक्षलाई बारम्बार आग्रह गरेको र चलचित्र जाँच पास समितिलाई समेत पत्राचार गर्दा पनि माग सुनुवाइ नभएको ‘तमु धिं नेपाल’ले जनाएको छ । 

“चलचित्रमा उल्लेखित रोधी/रोदी शव्द संसोधन गरी सम्बन्धित भुगोलकै शब्द नराखेसम्म गण्डकी क्षेत्रमा कुनै पनि चलचित्र प्रदर्शन हुन नदिने निर्णय गरिएको जानकारी गराउँदछौँ,” ‘तमु धिं नेपाल’ले विज्ञप्ति जारी गर्दै भनेको छ, “गुरुङ समुदायको भाषा, संस्कृति र परम्परा संरक्षणको लागि अनिश्चित कालसम्मको लागि तपाईँले चलचित्र प्रदर्शन नगरी हाम्रो अभियानमा साथ दिनुहुन अनुरोध गर्दछौँ ।” 

आग्रह नमानी चलचित्र चलाउँदा हुनसक्ने क्षतिको जिम्मेवार हल सञ्चालक स्वयं हुनुपर्ने ‘तमु धिं नेपाल’ले चेतावनी दिएको छ । 

अनिल बुढा मगरको लेखन तथा निर्देशन रहेको चलचित्र तेस्रो हप्तामा प्रदर्शनरत छन् । यो चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई र मिरुना मगर छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्