site stats
बाह्रखरी :: Baahrakhari
देश
व्यक्तिकेन्द्रित आकस्मिक योजनाभन्दा वस्तुगत अन्तर्क्रियामा जोड दिनू : प्रधानसेनापति शर्मा 

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले भर्चुअल माध्यममार्फत मंगलबार पृतनापतिहरूलाई सम्बोधन गरेका छन् । आफ्नो ४१ वर्ष लामो सैनिक सेवा एवं प्रधानसेनापतिको तीन वर्षे कार्यकालको उत्तरार्धमा उनले पृतनापतिहरूलाई सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा आफ्नो कार्यकालमा नेपाली सेनालाई प्राप्त संविधान प्रदत्त जिम्मेवारीका साथै नेपाल सरकारबाट प्राप्त थप जिम्मेवारी कुशलतापूर्वक बहन गर्न पुर्‍याएको योगदानका लागि पृतनापतिलगायत अन्तर्गतका सकलदर्जालाई उनले धन्यवाद दिएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानसेनापति शर्माले व्यक्ति केन्द्रित आकस्मिक योजनाहरूभन्दा पनि वस्तुगत अन्तर्क्रिया, तार्किक बहस र विस्तृत पुष्ट्याइँसहितको सामूहिक योजनाहरूले बुझाइ साथै गराइमा प्राथमिकता पाउनुपर्ने बताए ।

नेपाली सेना समस्त नेपाली जनताको आड र भरोसाको धरोहर रहेको तथ्यलाई अवगत गराउँदै उनले सदैव राष्ट्रिय सुरक्षा एवं राष्ट्र हित अनुरूप असरदार रूपमा कार्य गर्न निर्देशन दिएका थिए ।

नेपाली सेनाले अनुशरण गर्दै आएको सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै एक भरोसादार एवं प्रभावकारी संगठनको रूपमा स्थापित गराई राख्न भावी नेतृत्वलाई समेत आफूलाई जस्तै साथ सहयोग सेनाले दिने विश्वास उनले व्यक्त गरेका थिए ।

हाल मनसुनका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोमा सेनाले पुर्‍याएको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उच्च हौसलाका साथ विपद् प्रतिकार्यमा लागि रहन उनले निर्देशन दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्