site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा अझै एक घण्टा वर्षाको सम्भावना
पाटनको दृश्य । फाइल तस्बिर : रासस ।

काठमाडौं । काठमाडौं उपत्यकामा अझै केही बेर वर्षाको सम्भावना छ । तर, वर्षा हुने क्रम क्रमशः चितवन, मकवानपुरतिर सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शुक्रबार दिउँसो–अपराह्न वर्षा भएको हो । अझै कतिपय ठाउँमा वर्षा भइरहेको छ । अब बढीमा डेढ घण्टाजति (शुक्रबार बेलुका ५ बजे दिएको जानकारी) वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“अहिलेलाई काठमाडौं उपत्यकामा अब एक घण्टा वा बढीमा डेढ घण्टाजति वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भने, “तर, एक साइटमा रोकिइसकेको छ, अर्को साइटमा परिरहेको छ । यो पनि धेरै बेर पर्ने देखिँदैन ।”

हाल मनसुनको समय र त्यसकै कारण वर्षा भएको उनले जानकारी दिए । मनसुन प्रणालीमा स्थानीय वायु पनि मिसिएको उनले बताए ।

“अहिले त पानी पर्ने मनसुनकै कारण हो । केही लोकल प्रणाली पनि मर्ज भएको छ,” उनले भने, “मेघगर्जनसहित पानी पर्ने लोकल सिस्टमकै कारण हो ।”

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्