site stats
बाह्रखरी :: Baahrakhari
खेल
कस्तो रह्यो पेरिस ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन ?

काठमाडौं । फ्रान्सको पेरिसमा सम्पन्न जुलाई २६ देखि सुरु भएको ओलम्पिक आइतबार समाप्त भइसकेको छ । ओलम्पिकमा नेपालबाट सात खेलाडीले सहभागिता जनाए पनि राम्रो प्रदर्शन रहन सकेन ।

नेपालबाट टेबलटेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाली, पौडीबाट एलेक्जेन्डर शाह र डुवाना लामा, ब्याटमिन्टनका प्रिन्स दाहाल, जुडोकी मनीता श्रेष्ठ र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले सहभागिता जनाएका थिए ।

समग्रमा यस्तो रह्यो नेपालको पेरिस ओलम्पिक यात्रा

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

१. टेबलटेनिसको पुरुष सिंगल्समा श्यान्टु श्रेष्ठ सेनेगलका इब्राहिम दिआवसंग प्रिलिमिनरी राउन्डमा १४–१२, ११–३, ११–४, ११–५ को सोझो सेटमा पराजित ।

२. सुटिङको महिला १० मिटर एयर राइफलमा सुस्मिता नेपाली सहभागी ४४ खेलाडीमध्ये कुल ६५४ मा ६०७.८ स्कोरसहित ४२औँ स्थानमा ।

३. पौडीको महिला २०० मिटर फ्रिस्टायलको हित चरणमा डुवाना लामाले निर्धारित दुरी २ मिनेट २०.७४ सेकेन्डमा पूरा गर्दै सहभागी ३१ खेलाडीमध्ये ३०औँ स्थानमा ।

४. पौडीको पुरुष १०० मिटर फ्रिस्टायलमा एलेक्जेन्डर गाडेगार्ड शाहले ५१.९१ सेकेन्डको प्रदर्शन गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेको ।

५. ब्याडमिन्टनको पुरुष सिंगल्समा प्रिन्स दाहाल समूह ‘पी’को पहिलो खेलमा विश्व नम्बर वान डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ ले पराजित । दोस्रो खेलमा विश्व वरीयताको ४३औँ स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग २१–७, २१–५ तथा तेस्रो खेलमा ५८औँ विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानले प्रिन्सलाई २१–१२, २१–१० को सोझो सेटमा पराजित ।

६. जुडोको महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान सर्बियाकी मरिका पेरिसिकसँग १०–० (इप्पोन)ले पराजित ।

७. एथलेटिक्सको महिला म्याराथनमा सन्तोषी श्रेष्ठ ७९औँ स्थानमा । विभिन्न राष्ट्रका ९१ खेलाडी सहभागी म्याराथनमा ८० जनाले मात्र निर्धारित दुरी ४२.१९५ किलोमिटर पूरा गरेको । ११ प्रतिस्पर्धीले दौड नै पूरा गर्न सकेनन् । सन्तोषीले निर्धारित दुरी २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरेको ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  २३:०७
प्रतिक्रिया दिनुहोस्