site stats
बाह्रखरी :: Baahrakhari
देश
मनसुनी विपद् : पछिल्लो २४ घण्टामा ८ जनाले गुमाए ज्यान, मृतकको संख्या १९० पुग्यो
फाइल तस्बिर ।

काठमाडौं । भारी वर्षाका कारण आएको बाढी, पहिरो डुबानलगायत मनसुनी विपद्‌मा परेर आजसम्म १९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौं उपत्यकामा तीन, कोसी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, वाग्मती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको ज्यान गएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रवक्ता कार्कीकानुसार काठमाडौं उपत्यकामा ११, कोसी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, वाग्मती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी २३८ जना विभिन्न विपद्‌मा परी घाइते भएका छन् । सोही अवधिमा ११४ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरोमा परी कोसी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, वाग्मतीमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

बाढीका कारण आजसम्म ३८४ घर डुबानमा परेका, ३२७ घर, ११२ गोठ, ५१ पुल, चार विद्यालय दुई सरकारी कार्यालयमा क्षति भएको छ । यस्तै, चार हजार आठ सय १९ परिवार विपद्का घटनाबाट विस्थापित भएका प्रहरीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्