site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आयोग गठनमा ढिलाइ गर्नु हुँदैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं । राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनमा ढिलाइ गर्नु नहुने बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

संघीय संसद्का दुवै सदनबाट विधेयक पारित भइसकेपछि राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै आयोग गठनको काम थालिनुपर्नेमा उनले जोड दिए । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाउन ढिलाइ गर्नु नहुने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“...जब संशोधन विधेयक पारित भएर राष्ट्रपतिको सही भइसक्छ, त्यसपछि यसलाई तत्काल आयोग बनाउने प्रक्रियामा लैजानुपर्छ,” उनले भने, “आयोग सिफारिसको सम्बन्धमा पहिला नै पूर्वन्यायाधीशको नेतृत्वमा एउटा कमिटी छ ।”

विधेयक पारित गर्नु मात्र ठूलो विषय नभएको भन्दै उनले त्यसपछि पनि धेरै चुनौतीपूर्ण काम बाँकी रहने उल्लेख गरे ।

सांसद श्रेष्ठले सामाजिक, आर्थिक रूपान्तरण, विकास, समृद्धिको दिशामा सबै राजनीतिक दल एक हुनुपर्ने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्