site stats
बाह्रखरी :: Baahrakhari
देश
सीटीईभीटीको ऐन एकीकृत नगरी नर्सिङ शिक्षाको दुविधा हट्दैन : शिक्षामन्त्री भट्टराई 

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पीसीएल नर्सिङ शिक्षालाई व्यवस्थित रूपमा सञ्चालन गर्न ऐन परिमार्जन प्रक्रियामा रहेको बताएकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा मन्त्री भट्टराईले नर्सिङ शिक्षाबारे सांसदहरूको जिज्ञासामा यस्तो जवाफ दिएकी हुन् । 

संसद्‌मा पीसीएल नर्सिङ पढाउने निजी कलेजहरू बन्द भएको र विद्यार्थी पढ्नबाट वञ्चित भएको विषय उठेको थियो । सीटीईभीटीले विद्यालय तहसम्म वा प्रमाणपत्र तहलाई पनि नियमन गर्ने भन्ने ऐनमा प्रष्ट नहुँदा यो समस्या आएको र ऐन एकीकृत गरी यसको निराकरण गरिने उनको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“ऐन स्पष्ट नहुँदा दुविधा आएको हो, सबैभन्दा पहिला सीटीईभीटीको ऐन एकीकृत गर्नु आवश्यक छ, त्यसका लागि विधेयकको मस्यौदा तयार पारिसकिएको छ,” मन्त्री भट्टराईले भनिन् ।  

साथै, मेडिकल उच्च शिक्षा तहमा विदेशिनेको संख्या कम गर्न थप तीन अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी गरिएको पनि उनले बताइन् । उनका अनुसार यो वर्ष राप्ती, पोखरा र डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्न प्रस्ताव गरिएको छ । 

यी तीन अस्पतालमा कलेज सञ्चालन गर्नसके स्नातक तहमा सिट संख्या थपिने मन्त्री भट्टराईले बताइन् । हाल चिकित्सा शिक्षामा स्नातकतर्फ एमबीबीएसमा एक हजार ९२५, बीडीएसमा ५४५, बीएस्सी नर्सिङ एक हजार ७२० र अन्य विविध कार्यक्रममा गरी सात हजार ६०६ तथा स्नातकोत्तरमा एक हजार ७७६ सिट संख्या तोकिएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्