site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता : मन्त्री गुप्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारीहरूले क्षमता विकासमार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

शनिबार काठमाडौंमा २१औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देश संघीय शासन व्यवस्थामा प्रवेश गरेपछि नेपालको संविधानअनुकूल कर्मचारीतन्त्रलाई व्यवस्थित तुल्याउन नेपाल सरकारद्वारा संघीय संसद्मा पेस गरिएको संघीय निजामती सेवा विधेयकलाई उच्च प्राथमिकतामा राखी छिटै पारित गराउन आफूले पहल गरिरहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नयाँ निजामती सेवा ऐनले कर्मचारीतन्त्रमा देखिएको अन्योलता र असपष्टता हटाइ कर्मचारीहरूको मनोबल उच्च तुल्याइ सेवा प्रवाह प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले स्थायी सरकारको रूपमा रहेको निजामती सेवा जनताको आशा र भरोसाको केन्द्र भएको उल्लेख गरे ।

"नयाँ निजामती सेवा ऐनले कर्मचारीतन्त्रमा देखिएको अन्योलता र अस्पष्टता हटाइ कर्मचारीहरूको मनोबल उच्च तुल्याइ सेवा प्रवाह प्रभावकारी हुने विश्वास लिएको छु," उनले भने ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्