site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपका निम्ति नेपाली राष्ट्रिय युवा टिमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार २३ सदस्यीय नेपाली टिम सार्वजनिक गरेको हो । आगामी सेप्टेम्बर २० देखि ३० सम्म भुटानमा हुने प्रतियोगिताका निम्ति हाल नेपाली टिम सनोज श्रेष्ठको प्रशिक्षणमा छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समूह ‘बी’ मा नेपाल, घरेलु टोली भुटान, श्रीलंका र पाकिस्तान तथा समूह ‘ए’ मा भारत, माल्दिभ्स र बंगलादेश छन् ।

नेपालले सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले सेप्टेम्बर २३ मा श्रीलंका र २५ मा भुटानको सामना गर्नेछ ।

नेपाली टोली
पेम्बानुर्बु भोटे, रामबहादुर बोहरा, भक्तबहादुर परियार, शरण एसके, प्रशान्त मोक्तान, जीवन गुरुङ, सुजलमान घले, निशानराज लावत, भुवन कामी, एकराज विश्वकर्मा, कृष्णबहादुर आले, जोन विष्ट, पवन पाख्रिन, सबिनय कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बम, एलिक श्रेष्ठ, सविनकुमार लुंगेली, रोहित श्रेष्ठ, सन्तोष गोङ्वा, सुजन डंगोल

457585166_524537203560048_5152015654772692603_n-1725889766.png
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्