site stats
बाह्रखरी :: Baahrakhari
देश
बाढीले बगाएर बेपत्ता माझीको शव फेला
प्रतीकात्मक तस्बिर ।

मकवानपुर । बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव मंगलबार बिहान फेला परेको छ । रौतहटको चन्द्रपुर नगरपालिका–२, जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२, बकैया खोलाको बगरमा फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणका निम्ति बाराको कलैयास्थित प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मकवानपुरको बकैया गाउँपालिका–६, जसपालमा निर्माणाधीन द्रुतमार्गमा काम गर्दै आएका माझी बकैया–६, जुनाइस्थित खोला तर्ने क्रममा यही भदौ २१ गते अचानक बाढीले बगाउँदा बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय निजगढको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा मंगलबार खोला किनारमा शव फेला परेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । रासस

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्