site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सरकारी कार्यालयमा सेयर कारोबार नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कर्मचारीलाई कार्यालय समयमा सेयर कारोबार नगर्न निर्देशन दिएको छ ।

मंगलबार एक निर्देशनमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय तथा आयोग माताहतका कार्यालयलाई ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) नचलाउन निर्देशन दिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालय समयमा सेयर कारोबार गरेर सेवा प्रवाहमा प्रभाव परेको भन्ने पत्र पठाएको भन्दै मन्त्रिपरिषद्को कार्यालयले यस्तो निर्देशन दिएको हो ।

निर्देशनविपरीत कार्य गरे वा नगरेको भन्ने अनुगमन हुने पनि पत्रमा उल्लेख छ ।

Sahre-1725971643.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्