site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परराष्ट्र सचिवलाई बेल्जियमको राजदूत सिफारिस गरेको निर्णय २६ दिनपछि सार्वजनिक
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साललाई राजदूतमा सिफारिस गरेको निर्णय सरकारले २६ दिनपछि औपचारिकरूपमा सार्वजनिक गरेको छ ।

गत साउन ३१ गतेको मन्त्रिपरिषद्को बैठकले लम्सालाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो । तर, औपचारिकरूपमा यो निर्णय सार्वजनिक गरिएको थिएन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“बेल्जियम (युरोपियन युनियनसहित)का लागि आवासीय नेपाली राजदूत पदमा, नेदरल्यान्ड्स र लम्जेम्बर्गका लागि गैरआवासीय राजदूतको पदमा र रासायनिक हतियार निषेधका लागि संगठन (ओपीसीडब्लू) का लागि नेपालको प्रतिनिधिको पदमा एक अवधि (चार वर्ष) का लागि परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई नियुक्तिका लागि सिफारिस गर्ने,” मन्त्रिपरिषद्को साउन ३१ को निर्णयमा भनिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राजदूतमा सिफारिस लम्सालको नाम संसदीय सुनुवाइनका लागि अघि बढाउन भन्दै परराष्ट्र मन्त्रालयमा पत्र पठाइसकेको छ । 

२०८० मंसिर २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई परराष्ट्र सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्