site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलालीमा बाढी : ६३६ जनालाई सुरक्षित स्थानमा सारियो
कर्णाली नदीमा आएको बाढी ।

कैलाली । कैलालीमा बाढीको जोखिममा परेका ६३६ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

अविरल वर्षाका कारण बिहीबारदेखि नदीमा बाढी गएपछि जोखिममा रहेका १६२ घरका ६३६ जनालाई आज सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कैलालीका पथरिया, कटैनी, काँडा लगायतका नदीमा गएको बाढीका कारण जानकी गाउँपालिका–४, सुकम्वासी टोल, कैलारी गाउँपालिका–७, वसन्ता, जोशीपुर गाउँपालिका–३, भितरीया, कैलारी–५, मनिकपुर, भजनी नगरपालिका–८ र ३ अन्तर्गतका स्थान डुबानमा परेको उनले बताए ।

सूचना अधिकारी जोशीकानुसार ३४ जनालाई जानकी गाउँपालिका–४ का ९४ जनालाई जानकी गाउँपालिका–७, फरेला, ४०० जनालाई टिकापुर नगरपालिका–८, वनगाउँस्थित सुरक्षित स्थानमा सारिएको छ । यस्तै, ११ जनालाई जोशीपुर गाउँपालिका–३, भितरियास्थित जनहित सामुदायिक वनको भवन, ७७ जनालाई भजनी नगरपालिका–९, कुणी खुरखरियास्थित गुप्तेश्वर आधारभुत विद्यालयमा सारिएको पनि जोशीले जानकारी दिए ।

आठजनालाई कैलारी गाउँपालिका–५ स्थित सुरक्षित घरमा, चारजनालाई गोदावरी नगरपालिका–११ स्थित लालमणी पनेरु, आठजनालाई सोही स्थानका राधिका ढोली र मधुरा दमाईको घरमा सारिएको छ ।

जिल्लामा ६०० परिवारका दुई हजार ७८२ व्यक्ति बाढीबाट प्रभावित भएका छन् । अविरल वर्षापछिको बाढीबाट दुईजना घाइते भएका छन् । बाढीले ६ कच्ची घर र पाँच बिघा जमिन कटान गरी क्षति पुर्‍याएको सूचना अधिकारी जोशीको बताए । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  २३:०९
प्रतिक्रिया दिनुहोस्