site stats
बाह्रखरी :: Baahrakhari
देश
सप्तरीमा माइक्रोको ठक्करबाट बालकको मृत्यु, महिला घाइते
प्रतीकात्मक तस्बिर ।

राजविराज (सप्तरी) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित भारदहको कंकालिनी मन्दिरअगाडि माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ  । 

भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६६ नं. को विङगरले सडक छेउ उभिरहेकी अनितादेवी अधिकारी र उनकै १० महिनाको नाति आदर्श अधिकारीलाई ठक्कर दिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त ठक्करबाट गम्भीर घाइते भएका आदर्शको बिराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दुण्डीराज न्यौपानेले जनाकारी दिए । ठक्करबाट घाइते भएका अनिताको टाउको, छाती, बाँया खुट्टा लगायतका भागमा चोट लागेको छ । उनको उपचार भइरहेको छ । 

प्रहरीले विंगर चालक सप्तरी छिनमस्ता गाउँपालिका–७ बस्ने ३२ वर्षीय अबदुल सतारलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ । उक्त घटनापछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरोध गरेका छन् । रासस

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्