site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिटिजन्स बैंकको स्मार्ट हब सञ्चालनमा, असोजभर डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप आफ्नो कर्पोरेट कार्यालयमा ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो हब सार्वजनिक गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि बिनाकुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिनबाट प्राप्त गर्ने सुविधा पाउने बताए । साथै, कर्पोरेट कार्यालयबाट सुरु गरिएको सेवा आगामी दिनमा देशका अन्य स्थानहरूबाट समेत सञ्चालन गरिने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्मार्ट हबमा राखिएका मेसिनहरू जस्तै चेक जम्मा गर्ने मेसिनबाट ग्राहकहरूले क्लियरिङ चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलब्ध छ । क्यास डिपोजिट मेसिनबाट एक हजार, पाँच सय दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधा उपलब्ध छ ।

असोजभर डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने
डिजिटल बैंकिङ सेवा सिटिजन्स बैंकको सधैँ प्राथमिकता रहेको छ र यसैको निरन्तरता स्वरुप बैंकले असोज महिनाभर 'सिटिजन्स डिजिटल महिना' उत्सव सञ्चालन गर्ने भएको छ । यस उत्सवमा फोनपेसँगको सहकार्यमा बैंकले विभिन्न आकर्षक अफरहरू सार्वजनिक गरेको छ ।

जसमा मोबाइल बैंकिङ प्रयोग गरी हबाई टिकट खरिद गर्ने यात्रुहरूलाई चारसयसम्म क्यासब्याक प्राप्त हुने, दसैँमा बैंकको मोबाइल बैंकिङ प्रयोग गरी डिजिटल दक्षिणा दिँदा सो कारोबारमा एकसयसम्म क्यासब्याक प्राप्त हुने बैंकले जनाएको छ । साथै चाडपर्वमा गरेको पहिलो मोबाइल बैंकिङ कारोबारमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक प्राप्त हुने, 'दसैँमा चलाउ सिटिजन्स कार्ड' अभियानमा डेबिट र क्रेडिट कार्डको प्रयोगमा आकर्षक क्यासब्याक अफर प्राप्त हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्