site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘खुस्मा’ले तीन दिनमा कति गर्‍यो ग्रसकलेक्सन ?

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘खुस्मा’ले तीन दिनमा २ करोड ५५ लाख ग्रसकलेक्सन गरेको छ । संविधान दिवसको अवसर पारेर गत बिहीबारबाट रिलिज भएको चलचित्रले तीन दिनमा २ करोड ५५ लाख कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । 

बिहीबार, शुक्रबार र शनिबार तीन दिनमा २ करोड ५५ लाख कलेक्सन गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका छन् । 

चलचित्रमा धिरज मगर, उपासना सिंह ठकुरीसँगै माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीचको प्रेमलाई देखाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्