site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा भारतीय ट्रकमा आगजनी गर्ने दुईजना पक्राउ

काठमाडौं । झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानअन्तर्गतका नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले झापामा  यातायात बन्दको घोषणा गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले ट्रक आगजानीमा संलग्न रहेको आरोपमा झापाको हल्दिवारी गाउँपालिका–१ का ४० वर्षीय भीम लिम्बू तुम्वापो र बिर्तामोड नगरपालिका–७ का ३९ वर्षीय विजय चौधरीलाई पक्राउ गरिएको बताए ।

प्रवक्ता चन्दका अनुसार पक्राउ परेका दुवैजनालाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । ट्रक आगजानीमा संलग्न केही व्यक्ति फरार रहेको र खोजीकार्य जारी रहेको जानकारी दिए ।

सो समूहले कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा यूपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका–६, गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लूबी ७३ इ ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका थिए । आगजानीबाट घाइते भएका दुवै ट्रकका चालकको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्