site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङ, सुनसरी र झापाका नदी/खोलामा बाढीको जोखिम
फाइल तस्बिर ।

काठमाडौं । देशका केही जिल्लाका नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । मोरङ, सुनसरी र झापाका नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको र देशभर मनसुनी वायुको प्रभाव रहेकाले वर्षाको सम्भावना रहेको हो । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको विभागले बताएको छ । 

यसैबीच, भोलि र पर्सी देशभरका नदीहरूको बहाव उल्लेख्य बढ्नेछ । नारायणी, वाग्मती, कमला, कन्काई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ ।

कोसी, मधेस, वाग्मती र कर्णाली  प्रदेशका नदी तथा खोलामा आकस्मिक बहावको मध्यम जोखिम रहेको विभागको भनाइ छ । 

गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा आकस्मिक बहावको उच्च जोखिम रहने पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाउनुपर्ने विभागले बताएको छ । 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्