site stats
बाह्रखरी :: Baahrakhari
देश
श्रीलंका टापुमा फसेका २५ जनाको उद्धार
फाइल तस्बिर ।

धरान (सुनसरी) । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलंका टापुमा थुनिएका २५ जनाको उद्धार गरिएको छ । 

बराहक्षेत्र–६, ठाकुरवारीस्थित कोसीको बीच टापुमा भैंँसीपालन गरी बस्दै आएकाहरू शुक्रबारदेखि सप्तकोसी नदीमा आएको बाढीले अलपत्र परेका थिए । अलपत्र परेका २५ जनालाई आज प्रहरीको सहयोगमा डुंगामार्फत उद्धार गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शनिबार बिहानदेखि उनीहरूको उद्धारका लागि प्रहरी परिचालन गरिए पनि निरन्तर वर्षा भइरहेकाले तत्काल उद्धार सम्भव नभएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीेसहितको टोलीले हेलिकोप्टरमार्फत उद्धार गर्न संघीय सरकारसँग समन्वय गरेको थियो । प्रतिकूल मौसमका कारण शनिबार उनीहरूको उद्धार गर्न नसकिएको नगरप्रमुख कार्कीले बताए ।

नगरप्रमुख कार्कीले भने, “शुक्रबारदेखि कोसी नदीमा जलसतह बढेर बाढी आएपछि उहाँहरु निस्कन नसकेर श्रीलंका टापु ठाकुरवारी क्षेत्रमा अलपत्र पर्नुभएको थियो ।” आज कोसीमा पानीको बहाव घटेसँगै बिहान नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा डुंगामार्फत २५ जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए । रासस

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्