site stats
बाह्रखरी :: Baahrakhari
देश
बाढीपहिरोले काभ्रेका पाँच पालिकामा मात्रै २७ विद्यालय क्षतिग्रस्त 
अविरल वर्षाका कारण पहिरोले काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा समस्यामाबीपी राजमार्गको पाँचखाल नगरपालिका–१०, बेलामा पुगेका सशस्त्र प्रहरी बल नंं १५ गण पाँचखालबाट भकुण्डेतर्फ जाँदै । तस्बिर : पेमा लामा/रासस

काठमाडौं । असोज ११ र १२ गतेको बाढीपहिरोले सबैभन्दा धेरै काभ्रेपलाञ्चोकमा क्षति भएको छ । काभ्रेमा मंगलबारसम्म ६३ जनाको मृत्यु, २१ जना घाइते र ९ जनाको अवस्था अज्ञात रहेको गृह मन्त्रालयको तथ्यांक छ । 

जिल्लाका पाँच पालिकामा गरी सोमबारसम्म २७ वटा विद्यालय क्षतिग्रस्त भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक छ । तीमध्ये धुलिखेल नगरपालिकाका तीन वटा विद्यालय पहिरोमा पुरिएको र दुई वटा आंशिक रूपमा क्षतिग्रस्त भएको विवरण छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पाँचखाल नगरपालिकाका तीन वटा विद्यालयमा आंशिक क्षति भएको छ । तेमाल गाउँपालिकाको एउटा विद्यालय पूर्ण र ६ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । 

रोशी गाउँपालिकाको एउटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने आठ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ । यस्तै, भुम्लु गाउँपालिकाका तीन वटा विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्