site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज विभिन्न संस्थाबाट चार करोड ७९ लाख दश हजार ३९० सहयोग प्राप्त भएको छ ।

आज नेशनल हाइड्रोपावर विद्युत् कम्पनी (भारत सरकार)बाट एक करोड, प्रभु बैंकबाट  एक करोड, अरुण तेस्रो पावर कम्पनीबाट  एक करोड, एभरेष्ट बैंक लिबाट ५० लाख, प्राइम बैंकबाट ३१ लाख रकम कोषमा सहयोग स्वरुप जम्मा भएको हो ।

त्यस्तै, प्रभु इन्स्योरेन्सबाट २५ लाख, प्रभु महालक्ष्मीबाट २५ लाख, प्रभु क्यापिटलबाट २५ लाख, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीबाट १० लाख, इनर्जी ट्रीबाट आठ लाख एक हजार र नवीन कोइराला नुवाकोट हाल अमेरिकाबाट पाँच लाख नौ हजार ३९० रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्