site stats
बाह्रखरी :: Baahrakhari
देश
रामेछापमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १२  घाइते

मन्थली । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मंगलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । १२ जना घाइते भएको प्रहरीले जनाएको छ । 

काठमाडौंबाट मन्थली हुँदै सिन्धुलीको सुनकोसी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुली सुनकोसी गाँउपालिका–६ खहरे खोलाकी १७ वर्षे युवती युनिषा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले  जानकारी दिए । 

दुर्घटनामा परी घाइते श्रेष्ठको उपचारका लागि सिन्धुलीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । 

दुर्घटनाका अधिकांश घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए ।   

३५ जना सवार बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । रासस

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०६:०३
प्रतिक्रिया दिनुहोस्