site stats
बाह्रखरी :: Baahrakhari
देश
अरिंगालको टोकाईबाट घाइते एकजनाको मृत्यु

बाजुरा । बडीमालिका नगरपालिकामा अरिंगालको टोकाइबाट गम्भीर घाइते एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । असोज २५ गते अरिंगालले  टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो । 

भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ (छानो) नजिकै अरिंगालले बनाएको घार भत्काउन खोज्दा टोकेर उनी गम्भीर घाइते भएका थिए । 

उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उनलाई भारत लगिएको थियो । 

सोही घटनामा स्थानीय ६५ वर्षीय अंगे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो ।  रासस

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्