site stats
बाह्रखरी :: Baahrakhari
कला
आउँदो दसैँ/तिहारमा ‘१२ गाउँ’को सिक्वेल रिलिज हुने 

काठमाडौं । बिराज भट्टले आगामी दसैँ/तिहारसम्म नयाँ चलचित्र रिलिज गर्ने भएका छन् । ‘१२ गाउँ’को सिक्वेल निर्माण गर्ने उनले बताएका हुन् । 

दर्शकसँग खुसी सेलिब्रेसन गर्न हल पुगेका बिराजले सञ्चारकर्मीसँग बिराज भट्ट प्रोडक्सनबाट आउँदो दसैँ/तिहारसम्म नयाँ चलचित्र रिलिज हुने बताएका हुन् । 

“अब पहिलाजस्तो ढिलो हुँदैन । हामी चाँडै सिनेमा लिएर आउँछौँ । अहिले पनि हामीले केही काम त सुरु गरिसकेका छौँ,” उनले भने, “बलिदानको काम सीमरले सकेपछि हाम्रो चलचित्रको काम थप अगाडि बढाउने छौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समीर भट्ट अहिले ‘बलिदान’को छायांकनमा छन् । समीर सन्तोष सेनले निर्देशन गरिरहेको चलचित्रको छायांकनमा छन् । समीर ‘बलिदान’को हिरो हुन् । 

‘१२ गाउँ’बाट समीर भट्टसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । 

सिनेमामा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ । 

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन–थ्रिलर कथामा बनेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका थिए । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । 

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्