site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरमा स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु
तस्बिर : आशिष तामाङ

वाग्मती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको वाग्मती गाउँपालिका–४ हरामिटोलस्थित सडकमा आज साँझ स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

हेटौँडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र. ०३–००४ प ७२७६ नम्बरको स्कुटरको ठक्करबाट मकवानपुरको वाग्मती गाउँपालिका–४ की ४८ वर्षीया गंगा पहरीको मृत्यु भएको हो । सोही स्कुटरको ठक्करबाट पाँच वर्षीय अनुप पहरी घाइते भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ठक्करबाट गम्भीर घाइते गंगालाई हेटौँडास्थित चुरेहिल अस्पताल भर्ना गरिएकामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घाइते अनुपको सोही अस्पतालमा उपचार भइरहेको छ ।

स्कुटर चालक हेटौँडा उपमहानगरपालिका–६ चौघडाका २६ वर्षीय अनुपकुमार क्षेत्रीलाई नियन्त्रणमा लिएर  अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १९:५९
प्रतिक्रिया दिनुहोस्