site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठक बस्दै 
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट (एमाले)को सचिवालय बैठक आज  बस्दै छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने उक्त बैठकमा सचिवालय सदस्यहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बराल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्माकुमारी अर्याल सहभागी हुनेछन् । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्